तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्रिय कर्मचारी संगठन, ३ नम्बर प्रदेश कार्यसमिति गठन

अर्जुन श्रेष्ठ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, रेडियो नेपाल केन्द्रीय कार्य समितिले ३ नम्बर प्रदेश कार्य समिति गठन गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, रेडियो नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा आज रेडियो नेपालमा बसेको विस्तारित बैठकले कृृष्णकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय ३ नम्बर प्रदेश कार्य समिति गठन गरेको हो ।

यसैगरी, बैठकले रेडियो नेपालका खड्ग गन्धर्वको अध्यक्षतामा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ, विभागीय कार्यसमिति विस्तार गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाही तथा वरिष्ठ उपाध्यक्ष तिलकजङ्ग बूढाथोकी र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रीय अध्यक्ष विमला आचार्यको सहभागितामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान तथा विदाई समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button