२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा कम्तीमा १४ को मृत्यु, १४५ घाइते

रेडियो नेपाल २०७६ साउन २२ गते २०:११

काठमाण्डौ । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् ।

राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो ।

विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो धूवाँ फैलिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले तालिबान विद्रोहीहरुले कार बम विस्फोट गराएको जनाएको छ । तर तालिबान लडाकूहरुले भने लामो ट्रक बम विस्फोट गराएको दाबी गरेका छन् ।

तालिबान लडाकूहरुको दाबीको गृह मन्त्रालयले खण्डन गरे पनि अफगानिस्तानी अधिकारीहरुले भने स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालहरुमा पनि घटनासम्बन्धी फोटोहरु फैलिएका छन् । ती फोटोहरुमा ठूलो क्षति भएको देखिएको छ ।

अफगानी अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन् ।

घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन् ।
–एजेन्सी

सम्बन्धित

चीनको आयात, निर्यात बढ्यो

९ घन्टा अगाडि रेडियो नेपाल

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

१२ घन्टा अगाडि जोसेफ सोटिनेल