तपाईँ सुन्दै हुनुहुन्छः

ग्लोबल टि–२० लिगमा सन्दिप आवद्ध टोली टोरन्टो प्ले अफमा

काठमाडौं । क्यानाडमा जारी ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली टोरन्टो नेसनल्स प्ले अफमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्ट्रीयल टाइगर्सलाई ३५ रनले हराउँदै टोरन्टोले प्ले अफमा ठाउँ बनाएको हो ।

सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको मोन्ट्रीयलले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ५४ रन मात्रै बनाउन सक्यो ।

यो खेलमा सन्दिपले ३ ओभर बलिङ गर्दै १ विकेट झारेका थिए । क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा सन्दिपको यो तिन खेलमा तेस्रो विकेट हो ।

टोरन्टोले अब प्ले अफ्मा अर्का नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग हक्सविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button