२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

केही स्थानमा वर्षाको संभावना, भारी वर्षा भने नहुने, यस्तो छ तीन दिने मौषम पूर्वानुमान

रेडियो नेपाल २०७६ साउन २३ गते ११:०८

२३ साउन काठमाडौ । देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने संभावना रहेपनि अत्याधिक भारी वर्षको संभावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले नेपालमा अविरल वर्षाको सम्भावना भने नरहेको विभागको भनाई छ ।

अविरल वर्षा नभए पनि केही ठाउँमा पानी भने पर्ने छ ।
मनसुनको न्यून चापिय रेखा हाल भारतको उत्तरी ओडिसा तटीय नजिकै उत्तर –पश्चिम बंगालको खाडीमा अवस्थित छ। मनसुनी रेखा उत्तरी राजस्थान, हरियाना, दिल्ली, उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालतिर हुँदा नेपालमा भारी वर्षा नहुने महाशाखाले जनाएको छ।

हाल पूर्वी भू भागका थोरै स्थानमा र पश्चिमको १–२ स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पपनि सक्रिय छ।

यस्तो छ आगामी तीनदिनका लागि गरिएको मौषम पूर्वानुमान

श्रावण २३ गते (बिहिबार)
दिउँसोः
 देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा संभावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षा हुनसक्छ।

श्रावण २४ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

श्रावण २५ गते (शनिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थानहरु तथा पूर्वी र मध्यका १–२ स्थानहरुमा मा मेघ गर्जन चट्याङ्गसहित वर्षाको संभावना रहेको छ।

सम्बन्धित

प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

२८ सेकेन्ड अगाडि रेडियो नेपाल

दैलेखमा बस दुर्घटना २० घाइते, २ गम्भीर

१ घन्टा अगाडि भीम सिजापति