तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडित विभिन्न जिल्लामा आकस्मिक रहत रकम विनियोजन

काठमाडौं । काठमाडौं । प्रतिनिधि सभामा उठेका विभिन्न सवालहरुको जवाफ दिने क्रममा उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले बाढी पीडित केही जिल्लाहरुमा रकम पठाएको सम्बन्धि जानकारी दिएका छन् । मन्त्रालयको निर्णयअनुरुप आकस्मिक सेवा शिर्षकमा विनियोजन गरिएको रकम उनले प्रस्तुत गरेका हुन् ।

बाढी प्रभावित क्षेत्रलाई सरकारले प्रदान गरेका रकमहरु :

झापा र मोरङमा सञ्चालित जनताको तटबन्ध निर्माणका लागि ३० लाख वितरण गरिएको छ । साथै मोरङलाई थप ३० लाख वितरण गरिएको छ ।

त्यस्तै रौतहट र सर्लाइमा एक करोड वितरण गरिएको छ । उदयपुर र सप्तरीमा खाँदोनिदी व्यवस्थापन कार्यालयलाई रु ५० लाख वितरण गरिएको छ ।

त्यस्तै जनताको तटबन्ध निर्माणको लागि कहोत्तरीमा ३० लाख वितरण गरिएको छ । जनताको तटबन्ध निर्माणकै लागि बाग्लुङलाई २५ लाख वितरण गरिएको छ । बर्दियालाई २० लाख, बाँकेलाई ८० लाख, रुपन्देहीलाई ३० लाख। कञ्चनपुरलाई ४० लाख र ललितपुरलाई ३० लाख वितरण गरिएको छ ।

यी सबै रकमहरु आकस्मिक व्यवस्थापन सेवाका लागि वितरण गरिएका हुन् । तर बैठकमा बोल्दै सांसदहरुले विनियोजन गरिएको जिल्लामा सबै नसमेटिएको र सबै जिल्लालाई क्षेत्रलाई समेट्ने गरि यस विनियोजनमा थप सुधार गर्न अनुरोध गरेका छन् ।ताइवानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

बिहीबार ६ रेक्टरको भूकम्प गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिको बिवरण भने आइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button