तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग खुलाउन अझै दुई साता लाग्ने

बाग्लुङ । भारी वर्षाका कारण बडिगाड खोलाले बगाएको मध्यपहाडी लोकमार्ग खुलाउन अझै दुई साता लाग्ने भएको छ ।

पहरा फोड्नसके १५ दिनमा एकतर्फी सडक खुलाउन सकिने बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए ।

गत वर्ष खसेको ठूलो पहिरोले थुनिएको बडिगाड खोलाले बनाएको तुरतुरे ताल फुटेपछि यहाँको २०० मिटर सडक बगाएको छ । उक्त खन्डमा पहरा फोडेर नयाँ ‘ट्रयाक’ खोल्नुपर्ने भएको हो ।

मध्यपहाडी लोकमार्गको बाग्लुङको अधिकांश स्थान निर्माणाधीन छ ।

भीमगिठेमा सडक बगाएपछि पश्चिम बाग्लुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ ।

दर्जनौं सवारी–साधनहरु भीमगिठे बजारमै रोकिएपछि यात्रीहरु पैदलयात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button