२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सबैभन्दा धेरै सुन भएका १० देशहरु

रेडियो नेपाल २०७६ साउन २३ गते १५:०१

काठमाडौं । पहेलो धातु सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । बर्तमानमा अकाशिएको सुनको मूल्यले अझ यी देशहरूको सम्पत्ति बढाइरहेको छ ।

अझ रोचक कुरा त के छ भने एक्लो अमेरिकासंग विश्वका धेरै सुन भएका दश देशमध्ये पुच्छारका ७ देशहरूसंग भएको सुनको परिमाण बराबरी सुनको भण्डारण रहेको छ । अमेरिकासंग दोश्रो देश जर्मनीभन्दा करीब २.५ गुणा बढी सुनको भण्डारण छ । धेरै सुन भण्डारण गर्ने देशहरूमा त यस्तो अन्तर छ भने अन्य देशको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

विश्वमा सबैभन्दा धेरै सुन रहेका १० देशहरु यस प्रकार छनः

अमेरिकाः संयुक्त राज्य अमेरिका विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ । यसै कारणले पनि विश्वमा अमेरिकी अर्थतन्त्रको दबदवा चलिरहन्छ ।

जर्मनीः सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ । जर्मनी सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।

इटालीः सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा इटालीको नाम आउंछ । इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।

फ्रान्सः ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।

चीनः विश्वमा सबैभन्दा बढी जनसंखाया भएको देश चीनमा धेरै सुन रहेको मुलुकको गणनामा भने पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७ सय ६२ टन सुन रहेको छ ।

रुसः क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।

स्विजरल्याण्डः युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १ हजार ४० टन सुन रहेको छ ।

जापानः आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो ।

नेदरल्याण्डः ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो । जहाँ ६१२ टन सुन रहेको छ ।

भारतः ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ । एजेन्सीको सहयोगमा

सम्बन्धित

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

६ घन्टा अगाडि जीवन खत्री

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

७ घन्टा अगाडि रेडियो नेपाल