तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी सरुवा हुदाँ भोजपुर अस्पतालको शल्यक्रियाबाट गरिने प्रसुती सेवा नै बन्द

निरोज कोइराला, भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरको सदरमुकाममा रहेको एक मात्र जिल्ला अस्पतालबाट दिदै आएको शल्यक्रियाबाट गरिने प्रसुती सेवा कर्मचारी समायोजन भएपछि बन्द भएको छ ।

जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी समायोजनमा परी सरुवा भएर ५ नम्वर प्रदेशमा गए पछि गत श्रावण १९ गतेबाट सेवा नै बन्द गरिएको छ । जिल्ला अस्पताल भोजपुरका सुचना अधिकारी राजेन्द्र राउत भन्छन “ एनेस्थेटिक सहायकको समायोजन भएर गए पछि सेवा बन्द गर्नु पर्ने अवस्था आयो उनको ठाउँमा अर्को ब्यवस्था हुन नसक्दा समस्या देखिएको हो ।”

एनेस्थेटिक सहायक जाने भए पनि हामीले प्रदेश १ मा रहेको सामाजिक बिकास मन्त्रालयलाई जिल्ला अस्पतालको समस्या र सेवाका बिषयमा परिपत्र मार्फत जानकारी गराई सकेका छौ, अर्को ब्यवस्था नभएसम्म सेवा पुन सुचारु गर्न समस्या नै हुन्छ, सुचना अधिकारी राउतको भनाई रहेको छ ।

जिल्ला अस्पतालबाट दिइने शल्यक्रियाबाट गरिने प्रसुती सेवा बन्द भए पछि गर्भवती महिलाहरु मारमा पर्ने भन्दै भोजपुरवासीले अर्को स्वास्थ्यकर्मीको ब्यवस्थापन तत्काल हुनु पर्ने माग गरेका छन । जिल्ला अस्पतालबाट दिइने सेवा नै बन्द भए पछि शल्यक्रियाबाट गरिने प्रसुती सेवा लिन अन्य अस्पताल जानु पर्ने स्थानियले गुनासो गरेका छन ।

भोजपुरमा शल्यक्रियाबाट गरिने प्रसुती सेवा २०६७ सालबाट शुरु भएको भए पनि स्वास्थ्यकर्मीका कारण बिच बिचमा बन्द हुने गरेको थियो । भोजपुर जिल्ला अस्पतालमा हाल स्थायी र करारमा गरेर ८ जना डाक्टर कार्यरत रहदै आएको भए १ जना एनेस्थेटिक सहायक सरुवा भएर अन्यत्र जाँदा सेवा नै बन्द हुने अवस्था जिल्लाकै लागि दुर्भाग्य भएको स्थानियहरुले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button