एक विद्यालय एक नर्स कार्यक्रम संचालन गरीने
भुषण पोखरेल, काठमाण्डौ । ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम संचालन गर्ने भएको छ ।
प्रदेश ३ को स्थानीय तहसँग समन्वय तथा अभिमुखिकरण कार्यक्रम सम्बन्धी आज काठमाण्डौंमा आयोजित अन्र्तक्रियामा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा स्वास्थ्य सम्बन्धी समस्या नपर्ने गरी प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।
कार्यक्रममा एक विद्यालय एक नर्स संचालन कार्यविधि २०७६ माथि छलफल भएको थियो । कार्यक्रममा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने १ सय १९ वटै स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्