तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई दिनुपर्ने सुविधा बढाउन नसकेको मुख्यमन्त्रीद्वारा स्वीकार

काठमाडौं। प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले करको दायरा बढाएपनि जनतालाई दिनुपर्ने सुविधा बढाउन नसकेको स्वीकार गरेका छन् ।

विभिन्न सन्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले जनताबाट असुल्ने करअनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व भएपनि त्यो पूरा हुन नसकेको स्वीकार गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकालाई ‘ग्रीनसिटी’ बनाउने योजना व्यवहारमा उतार्नुपर्ने चुनौती रहेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

संघीय सरकारले काम सुरु गरेको धेरै समय नभएको भन्दै थोरै समयमा कायापलट हुन्छ भनेर आशा गर्न नहुने उनको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले संघीय संरचनाअनुसार कर्मचारी समायोजन भएपनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव रहेकाले कामले गति लिन नसकेको उल्लेख गरे ।

उनले संघीयताविरुद्ध जान अब कसैले नसक्ने दाबीसमेत गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button