तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । बिहिबार चाँदी प्रतितोला ८२५ रुपैयाँमा कारोबार भएकोे छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा पाँच हजार रुपैयाँले वृद्धि भएको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ६५ हजार र चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ४९७.०५ डलर रहेको छ ।

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो ।

सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत घटेको छ । अहिले दैनिक करिब १० किलो सुन खपत भएको महासङ्घले जनाएको छ । यसअघि दैनिक २० किलो सुन नेपालको आन्तरिक बजारमा खपत हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button