तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

राकेश गुप्ता, सर्लाही । सर्लाहीको हरिवनमा विहिवार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका–११, सशस्त्र प्रहरी बेश क्याम्प नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५६ प १०४८ नम्वरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ५ ख ६०१४ नम्वरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, का २८ वर्षीय मनोजकुमार दास र मोटरसाइकल पछाडि सवार ३० वर्षीय विक्रम दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साईकल चालक दासको नमूना अस्पताल हरिवनमा उपचारको क्रममा र विक्रमलाई नमुना अस्पतालकप उपचार पश्चात् थप उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा पुरयाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले जानकारी दिनुभयो।

जनकपुरमा मोटरसाइकलको ट्रायल परीक्षा दिएर घर फर्किदै गरेका दास द्वोय आज दिउँसो १ बजेतिर दुर्घटनामा परेका हुन् । अत्यन्त तीव्र गतिमा रहेको मोटरसाइकल आफ्नै दिशामा आइरहेको ट्रकमा ठोक्किएको हो ।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने ट्रकका चालक फरार भएका छन् । फरार ट्रक चालकको खोजि कार्य भईरहेको नायव उपरीक्षक राठौरले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button