२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सडक डिभिजन प्रमुख इञ्जिनीयर ९ लाखसहित रंगेहात पक्राउ

रेडियो नेपाल २०७६ साउन २४ गते ९:५६

पोखरा/

डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार स्रोतले बताएको छ । प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो । अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।

सम्बन्धित

सरकारी मूल्यमा गहुँ खरिद शुरु

३९ मिनेट अगाडि रेडियो नेपाल

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

१२ घन्टा अगाडि पुष्करराज बुढाथोकी