तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिद्वारा क्यान्सर पीडितलाई एक महिनाको तलब

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो एक महिनाको तलब रकम क्यान्सर पीडित बिरामीका लागि सहयोग गर्नुभएको छ । बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’ लाई उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले कर र अन्य कट्टी भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गर्नुभएकाे हाे । उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितलाई सबैले सहयोग र माया गर्नुपर्ने बताउनुभयो । सहयोग रकम बुझ्दै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफू र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताउनुभयो । उहाँले क्यान्सर पीडितलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button