तपाईँ सुन्दै हुनुहुन्छः

जहाँ सूचना अधिकारी नै छैनन्

जाजरकोट-यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो ।

सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ । सङ्घीय सरकारको मातहतमा रहेका पाँच कार्यालय, प्रदेश मातहतका छ र अन्य दुई कार्यालयमा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका कार्यालयमा २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताउनुभयो । तोकिएको पोशाक नलगाउने कर्मचारीको सङ्ख्या ३० रहेको छ । नागरिक बडापत्र नभएका कार्यालय ११, सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका कार्यालयको सङ्ख्या नौ, धूम्रपान, मद्यपान निधेष भनी नलेखिएको कार्यालय सङ्ख्या १०, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने भनाइ नलेखिएको कार्यालयको सङ्ख्या नौ रहेको प्रजिअ बस्नेतले बताउनुभयो ।

कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचयपत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमन गरिएको प्रजिअको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button