२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

इनारमा खसेर महिलाको मृत्यु

रेडियो नेपाल २०७६ साउन २४ गते १०:२५

चितवन-भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

सम्बन्धित

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

११ घन्टा अगाडि रेडियो नेपाल

हावाहुरीले झापामा केरा खेतीमा ठुलो क्षति

११ घन्टा अगाडि रोहित काफ्ले