तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ७० हजार रुपैयाँ मा कारोबार हुने छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो।

पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। अघिल्लो शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले बिहीबारसम्म रोकिएको थिएन। त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय २५ रुपैंयामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button