तपाईँ सुन्दै हुनुहुन्छः

हरियो चुरा र पोतेको कारोबार बढ्यो

काठमाडौं–साउन महिनाले हिन्दु धर्मावलम्बीहरुमा विशेष अर्थ राख्छ । भगवान शिवको प्रीय महिना साउनसँगै चाडबाड समेत शुरु भएको मानिन्छ । शिवभक्तहरु यो महिनाभर भगवान शिवको आराधनामा तल्लीन हुन्छन । महिलाहरु पहेंलो र हरियो चुरा, पोते, मेहन्दी र बस्त्रमा सझिएर महिनाभरी नै भगवान शिवको भक्तिभावमा लाग्छन । धार्मिक दृष्टिले महत्वपुर्ण मानिएको यो महिनाले अर्थतन्त्र समेत खास अर्थ राख्छ ।

ब्रत र उपासनाले आत्मिक शान्ति र आत्मसन्तुष्टि मिल्ने उनिहरु बताउँछन । साउन महिना धार्मिक दृष्टिले मात्र महत्वपुर्ण छैन ब्यवसायीहरुका लागि अर्थतन्त्र चलायमान गराउन शुरु गर्ने महिना पनि हो । साउने संक्रान्तिसँगै शुरु हुने चाडबाड र साउन महिनाभर लगाइने हरियो चुरा, पोते, टिका र मेहन्दीले व्यापार ब्यवसाय बढाउने गरेको छ ।

भन्सार विभाग अनुसार महेन्दी र चुरा पोतेबाट मात्रै गत बर्ष राज्यकोषमा १ अर्ब ६८ लाख ३८ हजार रुपैयाँ राजश्व दाखिला भएको भन्सा विभागका निर्देशक ज्ञानेन्द्रराज ढकालले बताए ।

नेपालमा प्रयोग गरिने कस्मेटिकका ९५ प्रतिशत सामानहरु भारतबाट आयात हुने गरेको छ । भन्सार विभागका अनुसार गत बर्ष २ अर्ब ४७ करोड बराबरकोे मेहेन्दी नै आएको थियो भने ५ करोड ४५ लाख रुपैयॉको टिका,चुरा,पोते भित्रिएको व्यापारी मुफिज युद्धिन बताउँछन् ।

ब्यापारीहरुका अनुसार बार्षिक झण्डै आठ करोड रुपैयाँ बराबरको पोते मात्रै आयात हुँदै आएको छ । अर्का व्यापारी सुदीप आचार्यका अनुसार बाढी, पहिरो जस्ता विपत्तिले घट्ने गरेको व्यापार मौसम प्रतिकुल नभए साउन लागेपछि भने केही उकासिने गर्दछ ।

धार्मिक महिनाका रुपमा हेरिने साउनमा हिन्दु महिलाहरुले हरियो चुरा पोते तथा साडी लगाएर ब्रत बसी शिवको पूजा गरेमा श्रमिानको आयु लामो हुने एवंं मनले चिताएको पुग्ने जनविश्वास छ । तर पछिल्लो समय भन्सार मुल्य बढ्दै जाँदा सामानहरु महंगिएकाले मर्कामा परेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button