तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवका दुई कार्यक्रर्ता पक्राउ

स्याङ्जा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भीरकोटका ३० वर्षीय मोहन सिंजाली र ४६ वर्षीय शिव दर्लामीलाई बुधबार गल्याङबाट प्रहरीले पक्राउ गरेको हो । दर्लामी जिल्ला कमिटि सदस्य र सिंजाली साधारण कार्यकर्ता हुन् ।

दुवै जनालाई विष्फोटक पदार्थ एवम् राज्य विद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button