तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरवारको हिरासतबाट दुई अभियुक्त फरार

काठमाडौं । सिंहदरवार वृत्तको हिरासतबाट चोरी अभियोगमा थुनामा रहेका दुई अभियुक्त गएराति फरार भएका छन् ।

फरार हुनेमा एक जना मदन तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ। अर्का एक जनाको भने परिचय खुलाइएको छैन।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले चोरी अभियोगमा पक्राउ परेका दुई कैदी फरार भएको पुष्टि गरेका छन् । फरार अभियुक्तहरुको खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button