तपाईँ सुन्दै हुनुहुन्छः

मालदिभ्सकाे प्रिमियर लिगमा विमलकाे उच्च प्रदर्शन

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगरले माल्दिभ्सको प्रिमियर लिगमा उच्च प्रदर्शनलाई जारी राखेका छन् । उनी सम्मिलित टिसी स्पोर्टस क्लबले शुक्रबार धिवेही प्रिमियर लिगमा जित निकालेको छ ।

जसमा विमलले पनि गोल गरेका थिए । उनी टिसीमा पहिलो सिजन विताइरहेका छन् । टिसीले निलान्धो स्पोर्ट्स क्लबलाई २–० ले पराजित गरेको हो । टोलीका लागि विमल र इशान इब्राहिमले गोल गरे ।

विमलले खेलको १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । उनले वन भर्सेस वनमा उत्कृष्ट फिनिस गरे । ४० औं मिनेटमा इशानले गोल गर्दै टिसीको अग्रतालाई दोब्बर पारे । विमल खेलको म्यान अफ दी म्याच चुनिएका थिए । उनले यसअघि खेलमा पनि गोल गरेका थिए ।

साविक विजेता टिसी ७ चरणको खेल सकिदा १२ अंकसहित चौथो स्थानमा छ । त्यत्तिनै खेलमा शीर्षस्थानमा रहेको माजियाको १७ अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button