२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर रौतामाईमा आधा दर्जन गाउँ पहिरोको जोखिममा

रेडियो नेपाल २०७६ साउन २५ गते १२:१२

उदयपुर/उदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउनुहुन्छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

यस्तै अँधेरी, छामलिङ, रानीवास क्षेत्रका गाउँ पनि पहिरोका कारण जोखिममा परेपछि गाउँले निकै त्रसित अवस्थामा रहेको वडा नं ५ का वडाध्यक्ष पाण्डब राई बताउनुहुन्छ । केही दिनअघि आएको भीषण वर्षाका कारण गाईघाट दिक्तेल सडकअन्तर्गत सो क्षेत्रमा पर्ने गाउँको माथिबाट पहिरो खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् ।

जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएर स्थानीयवासीलाई सतर्क बस्न आग्रह गरिएको र धेरै जोखिमपूर्ण रहेका क्षेत्रमा गाउँ अन्यत्र सार्न वा अन्य विकल्पको खोजी गर्नेबारे तत्कालै अध्ययन शुरु गरेको अध्यक्ष खड्काको भनाइ छ ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

४ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

५ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

५ घन्टा अगाडि कृष्ण न्यौपाने