तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वनबाट भरुवा बन्दुकसहित पक्राउ

झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । वनभित्र रहेका वन्यजन्तुको शिकार गर्न राई बन्दुक लिएर गएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button