तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने र विद्युतको खपत बढाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।

विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम समावेश समावेश गरिएको छ ।

सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३०० विद्युतीय बस किन्नका लागि तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ ।

यस्तै प्रदेश नं ३ सरकारले पनि साझा यातायातसँगको सहकार्यमा नै विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ । चार्जिङ स्टेशनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ ।

त्यस्ता स्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बोलपत्र आव्हानको काम समेत शुरु भएको प्रधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकता दिन लागिएको बताउनु भएको छ ।

पछिल्ला दिनमा विद्युतीय सवारी साधनको आर्कषण र प्रयोग समेत बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button