तपाईँ सुन्दै हुनुहुन्छः

जनआकांक्षा अनुसार कामः मन्त्री राई

नवीन गिरी, नेपालगञ्ज । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सरकारले जन आकांक्षा पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

बाँकेको नेपालगञ्जमा आज भेरी अञ्चल अस्पतालमा निर्माणाधीन ५ सय शैयाको नयाँ भवनको निरिक्षण गर्दै मन्त्री राईले दुई तिहाई बहुमतको सरकारसँग जनताका अपेक्षा धेरै रहेकाले ती अपेक्षा पूरा गर्ने गरी काम गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

मन्त्री राइले सरकार बनेको एक वर्ष आधार वर्ष रहेकाले अब सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button