तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

दमौली-एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो ।

केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा दानवीरहरुको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर आलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका सर्वसाधारणले एम्बुलेन्स सेवा प्रयोग गर्न नपाउँदा दुःख भोग्नुपरेपछि विद्यालयको सक्रियतामा महायज्ञ आयोजना गरिएको हो । नगरपालिका भएर पनि विकासमा पछाडि परेको वडाका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन एम्बुलेन्स सेवा सञ्चालनका लागि महायज्ञ गरिनु सकारात्मक रहेको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथावाचन गरिरहनुभएको छ । एम्बुलेन्स खरीदका लागि महायज्ञ आयोजना गरिएको हुँदा केशवटारवासी खुशी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button