तपाईँ सुन्दै हुनुहुन्छः

तीनवटा सवारी दुर्घटना हुंँदा ,पृथ्वीराजमार्ग एकतर्फी संचालनमा

 साउन- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा कुरीनटारमा आज बिहान भारतीय ट्रकले नेपाली नम्बर प्लेटको ट्रक र माइक्रो बसलाई ठक्कर दिएको छ ।

दुर्घटनाका कारण पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ भने ट्रकका सहचालक सामान्य घाईते भएका छन । चितवन प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको एमएल ०१ जि ४४१९ नम्बरको भारतीय ट्रकले इच्छाकामना गाउँपालिकामा ४ कुरिनटारमा बिपरित दिशाबाट जादै गरेको ना ७ ख ९७७४ नं.को ट्रक र बा ४ ख ८१८ नं. को माइक्रोबसलाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी ना ७ ख ९७७४ नं.को ट्रकका सह चालक धादिङ आदमघाट बस्ने बर्ष १८ को राजिव माझी घाइते भएका छन उनलाई उपचारका लागि भरतपुर पठाईएको छ । दुर्घटनाका कारण राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । ती सवारी पञ्छाउन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button