तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा एक दम्पत्तिको विभत्स हत्या

बागलुङ । ढोरपाटन नगरपालिका वडा नं. ८ बोवाङमा एक दम्पत्तिको विभत्स े हत्या भएको छ । गएराती आफ्नै घरमा बसेका ६८ वर्षीय भान बहादुर कामी र निजकी ६० वर्षीय श्रीमति विमा कामीको धारिलो हतियार प्रयोग गरि हत्या भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका निमित्त प्रमुख रिन बहादुर बैदावारले जानकारी दिनुभयो ।
स्थानीयले आइतवार विहान भान वहादुरको शव घर नजिकै र विमाको शव घरभित्रै रक्ताम्मे अवस्थमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका थिए । घरमा एक्लै रहेका वृद्धवृद्धाको हत्या भएको हा े।

प्रतिक्रिया राख्नुहोस्

Back to top button