तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री भोलि स्वदेश फर्कनु हुने

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण गराउनु भई भोली स्वदेश फर्कनु हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओली भोली स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो ।

उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि यहीं साउन १८ गते त्यसतर्फ जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button