तपाईँ सुन्दै हुनुहुन्छः

इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको थप दुरुपयोग र वातावरणीय विनाश हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यस वर्ष गरिने भौतिक पूर्वाधार निर्माणका सबै कामको ठेक्का आगामी भदौभित्र गरिसक्ने ढङ्गले काम अघि बढाइएको बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कनका नाममा कुनै पनि पूर्वाधार निर्माणलाई विलम्ब गर्न नदिइने बताउँदै मन्त्री महासेठले सडक र पुल मर्मतको कामलाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button