२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयमा बम विष्फोट

रेडियो नेपाल २०७६ साउन २७ गते १०:००

झापा/अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

 

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताउनुभयो । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

३ घन्टा अगाडि बद्री पन्त

मोटरसाइकलबाट खस्दा एक महिलाको मृत्यु

४ घन्टा अगाडि किरण श्रेष्ठ