तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बलर सोमपाल आबद्ध हक्सलाई ग्लोबल टि-२० लिग क्रिकेटको उपाधि

काठमाडौं । क्यानाडामा सम्पन्न ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगको उपाधि नेपाली बलर सोमपाल कामी सम्मिलित टिम विनिपेग हक्सले जितेको छ ।

गएराती भएको फाईनल खेलमा भ्यानकुभर नाईट्सलाई सुपर ओभरमा पराजित गर्दै हक्सले उपाधि जितेको हो ।

तर फाईनल खेलमा पनि नेपाली तिब्र गतिका बलर सोमपालले खेल्ने मौका भने पाएनन् ।

खेलमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा हक्सले च्याम्पियन बन्न १० रनको मध्यम लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य ४ बलमा पुरा गर्नेक्रममा हक्सका क्रिश लिनले लगातार दुई चौका हान्दै टोलीलाई च्याम्पियन बनाएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button