तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ जानुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button