२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

गौशाला वृतका २ सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रेडियो नेपाल २०७६ साउन २७ गते ११:५५

काठमाडौं । महानगरीय प्रहरी वृत्त, गौशाला, काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय (सई) रमेश बहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारको टोलीले साउन ८ गते सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको थियो।

उनीहरुले सार्वजनिक मुद्दा चाँडै मिलाएर पठाइदिने भनी घुस लिएका थिए। अनुसन्धानको क्रममा सई पाण्डेले अर्का सई स्वर्णकार समेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा घुस लिएको पाइएको अख्तियारले जनाएको छ। उनीहरुविरुद्ध ुभ्रष्टाचार निवारण ऐन, २०५९ुको दफा ३ को उपदफा ९१० को कसुर गरेको पाइएकाले सोही बमोजिमको सजायको माग गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्बन्धित

वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

६ मिनेट अगाडि रेडियो नेपाल