तपाईँ सुन्दै हुनुहुन्छः

आजको आवश्यकता उत्पादन र रोजगारीसँग जोडिएको शिक्षा : उपप्रम पोखरेल

काठमाण्डौ । ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ आज नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाईदैछ ।
यस अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा खेलकुद परिषदको सह–आयोजनामा आज काठमाडौमा आयोजित कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उत्पादन, श्रम र रोजगारीसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता भएकाले सरकार त्यसतर्फ केन्द्रित भएको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले अहिलेसम्मको शिक्षा शैक्षिक बेरोजगार उत्पादन गर्नेजस्तो देखिएकाले अब प्राविधिक तथा व्यवसायिक र जीवनउपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्न शिक्षा, कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधारजस्ता ५ वटा क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सरकार युवाहरुको सीप, क्षमता र ज्ञान परिचालन हुने योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकमा रोजगारीका अवसर, उद्यमशीलताको विकास नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्नुहुँदै सरकार युवाका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै युवा परिचालन हुनेगरी राष्ट्र निर्माणको अभियानमा अघि बढेको बताउनुभयो ।
मन्त्री विश्वकर्माले युवाको सीप, क्षमता र अनभुवको सम्मान स्वरुप सरकारले यो वर्ष युवा परिचालन वर्षको रुपमा अघि सारेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विज्ञानप्रविधि, स्वरोजगारको सिर्जना र सामाजिक कार्यजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने देशभरबाट १३ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
भक्सपप लिंक
यसै सन्दर्भमा हामीले शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन भन्ने नारालाई पुरा गर्न कसले कस्तो भुमिका निर्वाह गर्नुपर्छ भनी कार्यक्रममा सहभागी केहीलाई सोधेका छौ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button