तपाईँ सुन्दै हुनुहुन्छः

एमबिबिएसको प्रश्नपत्र आउट, फोटोकपी गर्ने क्रममा ३ जना पक्राउ

धनुषा । म्यासेन्जरबाट प्रश्नपत्र आउटगरि फोटोकपी गर्दै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् । एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुरमा तीनजना पक्राउ परेका हुन् ।

नकपुर उपमहानगरपालिका–४ बाट ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रामसागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गर्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button