तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर जीतपुरमा एक जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा बकर ईदका लागि सरसफाई गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुरको नसिम टोल बस्ने करिब ३८ बर्षीय नुरमहम्मद देवान रहेका छन् । पानी तान्ने मोटर चलाएर पक्की घर सरसफाई गर्ने क्रममा उनलाई हिजो साँझ करेन्ट लागेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको थियो । मृत्तक देवान जीतपुर बजारमा मासु पसल सञ्चालन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button