तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्धारा ६ जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेश चन्द्र डि.सीलाई ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

सहायक वन अधिकृत डि.सी.ले सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छोड पुर्जीको सिफारिस लगायत कागजी प्रकृया सहज गरिदिए बापत घुस रकम लिएर धनगढीतर्फ जादै गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले डडेलधुराको भातकाँडाबाट निजलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी आयोगले सशस्त्र प्रहरी बल नं.४ गण, इनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादव विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

आजै आयोगले डिभिजन सडक कार्यालय, दमौली तनहुका कम्प्युटर अपरेटर प्रकाश पौडेल र कन्र्सल्टेन्सी संचालक सुमित शाही विरूद्ध पनि विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब–इन्जिनियर उमा श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौमा मुद्धा दायर गरिएको जनाएको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव बिरुद्ध पनि आज विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button