तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक कन्सलटेन्सीमा सरकारको अनुगमन

काठमाडौं । वैदेशिक अध्ययनका लागि परामर्श लिने विद्यार्थीलाई विदेशमा रोजगारीको आश्वासन दिँदै मोटो रकम असुल्ने शैक्षिक कन्सलटेन्सीमा सरकारले अनुगमन थालेको छ ।

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको अनुगमनसँगै एजुकेसन कन्सलटेन्सी खोली वैदेशिक रोजगारीमा पठाउने संस्थाको निगरानी गर्न थालेको हो ।

काठमाडौंको सिनामंगलस्थित एलायन्स इन्टरनेसनल एजुकेसन कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागि विज्ञापन गरेको उजुरीपछि विभागले कन्सलटेन्सीविरुद्द छापा मार्न थालेको हो । समाचार कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button