तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटनामा बेपत्ता भएकाहरु अझै भेटिएनन्, खोजी गर्न चार जिल्लालाई आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि छिमेकी जिल्लाहरुसँग आग्रह गरेको छ ।

धादिङस्थित पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले छिमेकी चार जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो ।

वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गत शुक्रबार सर्लाहीको  मलंगवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ ।

बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशंका प्रहरीको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button