तपाईँ सुन्दै हुनुहुन्छः

प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको समाचार झुटो हो : प्रचण्ड परिवार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुबई भ्रमण र प्रकाश दाहालको नाम जोडेर विभिन्न मिडियामा आएका समाचारको प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले मंगलबार विज्ञप्ति जारी गर्दै हालै प्रचण्डको दुबई भ्रमण र प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको भन्ने समाचारप्रति खेद प्रकट  गरेका छन् ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button