फेरि बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य
काठमाडौ । मंगलबार सुनको मूल्यमा भारी बृद्धि भएको छ । आज सुन प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार ७० हजार रुपयामा कारोबार भएको सुनको मल्य मंगलबार एक हजार रुपैंयाले बढेको हो । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोाला ८ सय ३५ रुपैंयामा कारोबार भैरहेको छ ।
चाँदीको पनि १० रुपैंयाले बढेको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्