तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ९५ प्रतिशत धान रोपाईं

भद्रपुर । झापामा यस वर्ष साउनको अन्तिम सातासम्म ९५ प्रतिशत धान रोपाईं भएको छ । धान खेती हुने मुख्य जिल्लामा पर्ने झापामा हिउँदे धान खेती गरिने कूल ८७ हजार हेक्टर क्षेत्रफल रहेकोमा लगभग ९५ प्रतिशत क्षेत्रफलमा रोपाईं भएको कृषि ज्ञान केन्द्र झापाका कृषिविज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार, असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्ममा अधिकतम क्षेत्रफलमा धान रोपाईं भएको छ ।
झापाका अधिकांश किसानले यस वर्ष मन्सुली, रञ्जित, आरपी, वास्मती, नूनिया जातका धान रोपेका छन् भने केही किसानले नयाँ जातका धान रोपेको कृषिविज्ञ भट्टराईले दिनुभयो । योे साता वर्षा नहुँदा बाँकी क्षेत्रफलमा धान रोपाईं हुन नसकेको भट्टराईको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button