तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा ७७ लाख भन्दा बढी राजस्व संकलन

कपिलवस्तु । सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मले राजस्व संकलनमा तिव्रता दिएको छ । गुल्मले आर्थिक बर्ष ०७५।०७६ मा भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको ७७ लाख ९३ हजार १ सय ३० रुपैयाँ बराबरको सामान पक्राउ गरी भन्सारमा पठाएको हो ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा अवैध सामान बरामद गरेको गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिनुभयो । सशस्त्रले गत साउनमा ३७ लाख ९० हजार ९५ बराबरको किराना सामान तथा २२ लाख बराबरको चामल लोड गरेको ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाएको थियो ।

त्यसैगरी, गत भदौमा ६ लाख ५३ हजार ४सय ५०, असोजमा ४ लाख २६ हजार ८सय १५, कात्तिकमा २ लाख ६४ हजार ५ सय २०, मंसिरमा १ लाख ४८ हजार ७ सय ४० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सशस्त्र प्रहरी कृष्णनगरले पुसमा १४ लाख २० हजार ६ सय २५, माघमा ४ लाख ४६ हजार १ सय ६०, फागुनमा ७ लाख ४२ हजार ७ सय १०, चैतमा २ लाख ५३ हजार एक सय, बैशाखमा ३ लाख ४४ हजार ३ सय २५ , जेठमा ३ लाख ५४ हजार नौ सय र असारमा १ लाख ५८ हजार ६ सय ९० रुपैयाँ संकलन गरेको प्रहरी नायब उपरिक्षक शाहीले बताउनु भयो । कृष्णनगर गुल्मले सिमाना सुरक्षासँगै सामाजिक उत्तरदायित्व सहितको काममा समेत सहभागीता जनाउँदै आएको छ ।

नेपाल – भारत सिमानामा कडा सुरक्षा दिंदै आएका सशस्त्र प्रहरीले भारतबाट ल्याएको सामान, काठ, चामल, कुखुराको चल्ला, सुर्ती जन्य पदार्थ लगायत सामाग्री बरामद गरेको थियो । खुल्ला सिमानाका कारण कुखुराको चल्ला, दीपावलीमा पड्काउने भुइँचम्पा र पटाका लगायत अन्य सामान नष्ट गरिएको र लागु औषध नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button