तपाईँ सुन्दै हुनुहुन्छः

युवा उद्यमशीलता सम्मेलन सम्पन्न

काठमाडौं । दूई दिनदेखि काठमाडौमा जारी नेपाल युवा उद्यमशीलता सम्मेलन युवाको उद्यमशीलताको विकासको लागि तीनै तहका सरकार र नीजि क्षेत्र मिलेर अघि बढनु आवश्यक भएकोमा जोड दिदै सम्पन्न भएको छ ।

विशाल मिडिया गु्रपले आयोजना गरेको सम्मेलनमा ४३ जिल्लाका करिव ३ सयको संख्यामा युवा तथा युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको समापन गर्दै कृर्षि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणि खनालले कृर्षिमा युवाको उद्यमशीलताको विकासका लागि सरकारले चालू बजेट मार्फत कृषिमा युवा कार्यक्रम सञ्चालनमा ल्याएको बताउनु भयो ।

कार्यक्रमको सञ्चालनका लागि सरकारले यस बर्ष ५० करोड बजेट विनियोजन गरेको पनि मन्त्री खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आम जनताको हित हुने, त्यसमा सरकारले पनि सहयोग गर्ने र व्यवसायिक रुपले अघि बढने गरी कुनै पनि उद्यम शुरु गरेको खण्डमा सफलता प्राप्त गर्न सकिने अनुभव बताउनु भयो ।

सम्मेलन आयोजक समितिका संयोजक विशाल गैरेले सम्मेलनबाट सिकेका विषयलाई तत्कालै कार्यान्वयनमा लैजान आग्रह गर्दै उद्यम शुरु गर्दा आई पर्ने समस्यालाई सरकारको सहयोगमा समाधान गर्दै अघि बढनु पर्ने बताउनु भयो ।

त्यस अघिको युवा र दिगो विकास लक्ष्य विषयक छलफल शत्रमा कर्णाली प्रदेशको योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मी, प्रदेश ३ का उद्योग तथ पर्यटन मन्त्री अरुण नेपाल लगायतले आआनो क्षेत्रबाट युवालाई उद्यमशिल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button