२०७६ साल भदौ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुन, तोलाको ७१ हजार रुपैयाँमा कारोबार

रेडियो नेपाल २०७६ साउन २८ गते १८:५५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउले नयाँ उचाईं छोएको छ । केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो ।

सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा ग्राहकको संख्या घटेको छ भने बिक्रि गर्नेहरुको बढेको छ ।

सुनसँगै चाँदीको भाउमा पनि बृद्धि भैरहेको छ । सोमबार भन्दा १० रुपैयाँ बढेर मंगलबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असरले आन्तरिक बजार पनि प्रभावित भएको हो ।

अन्तराष्ट्रिय व्यापारमा समस्या तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा वृद्धि भएको हो ।