तपाईँ सुन्दै हुनुहुन्छः

प्रशासकीय अदालत विधेयक, २०७६ सर्वसम्मतिले पारित

सुरेन्द्रमणि त्रिपाठी । प्रतिनिधि सभाको आजको बैठकले प्रशासकीय अदालत विधेयक, २०७६ लाई सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रशासकीय अदालत बिधेयक २०७६ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्बसम्मतीले पारित गरेको हो

यसैगरी बैठकले प्रमाण दोस्रो संशोधन बिधेयक २०७५ माथी बिचार गरियोस् भनीे कानुन,न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्बसम्मतले स्वीकृत गरेको छ ।

आजको बैठकमा अर्थ समितीका सभापति कृष्ण प्रसाद दाहालले आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व बिधेयक सम्बन्धी समितीको प्रतिबेदन २०७६ पेश गर्नुभयो ।

आजकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आप्mनो मन्त्रालय अन्तरगत सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिंदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उपभोक्ताको अधिकार प्रति सरकार चनाखो रहेको र अनुगमनलाई प्रभावकारी बनाईएको बताउनुभयो ।

मन्त्री यादवले बहुमुल्य पत्थरहरुको उत्खनन् तथा त्यसको प्रशोधनका लागि सरकारले प्रशोधन कारखाना स्थापना गर्ने तयारी गरिरहेको र नेपाल भारतबीचको चिवाभन्ज्याङ ब्यापारिक नाका स्थापना गर्ने तर्फ आगामी दिनमा पहल गरिने जानकारी दिनुभयो ।

मन्त्री यादवले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा बिषादीको मात्रा जाँच गर्न भन्सार बिन्दूमा प्रयागशाला नरहेका कारण काठमाडौं आईपुगेपछि जाँच हुने गरेको स्पष्ट पार्नुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकको बिशेष समयमा सांसदहरुले जनता सामू गरेका बाचालाई पूरा गर्न सरकार दृढतापूर्बक अगाडी बढ्नुपर्ने, देशका बिभिन्न बिश्वबिद्यालयहरुमा रिक्त पदाधिकारीहरु खुल्ला प्रतिस्पर्धाका आधारमा नियूक्ति हुनुपर्ने माग गर्नुभयो ।

देशका बिभिन्न भागमा सरकारी कार्यालय तथा सवारी साधनमा भएका आगजनीका घटनाप्रति सरकारको ध्यानाकृष्ट गराउंदै उहाँहरुले यस्ता कार्यलाई दुढतापूर्बक निरुत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसदहरुले देशका बिभिन्न स्थानमा रहेका रुग्ण उद्योेगहरुको सञ्चालन, सवारी दुर्घटना न्यूनीकरणका लागि सडकको वैज्ञानिक ब्यवस्थापन, गुणस्तर सुधार तथा विभिन्न दुर्घटनाग्रस्त क्षेत्रमा तारबार, पर्खालको ब्यवस्था गर्ने तर्फ सदनमार्फत सरकारको ध्यानाकृष्ट गराउनुभयो ।

प्रतिनिधी सभाको अर्को बैठक आगामी भदौं १ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button