तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा संकटमा भैसी पालन व्यवसाय

जाजरकोट जिल्लामा पछेल्लो समय भैंसीपालन व्यवसाय संकटमा परेको छ । भैंसी पालक कृषकको संख्या घट्दै गएपछि व्यवसाय लोप हुदै गएको हो ।युवा पुस्ता विदेश पलाइन हुनु, बुढापाकाले छोड्दै जानु, बन अतिक्रमण, बन जंगल मासिदै गएपछि भैंसीलाई खुवाउने घाँसको अभाव तथा चरिचण क्षेत्र नहुदा भैंसी पालन व्यवसाय भैसी पालक कृषक लालबहादुर वलीले बताउनु भयो ।

जिल्लाको ३ नगरपालिका तथा ४ गाउँपालिकामा भैंसीपालन व्यवसाय पछेल्लो समयमा हराउदै गएको छ । भैंसीका लागि चरण क्षेत्रको अभाव भएको बारेकोट ८, लैखमका भैंसी पालक कृषक नरबहादुर खत्रीको भनाई छ ।

१०÷१५ बर्ष अगाडीसम्म भैंसी पालनको सम्भावना राम्रो थियो । एक जना कृषकका घरमा १५ वटा भन्दा बढी भैसी पालन गरेका हुन्थे । तर आजभोली १÷२ वटा मात्र मुश्कीलले भैसी पालेको देखिन्छ । अहिले आएर हराउन थालेको छ । भैंसी पालन व्यवसाय ढिला गरी फस्टाउँदै जाने गरेका कारण भैंसी प्रतिको कृषकको आकर्षण घटेको कृषक शान्त खत्रीले बताउनु भयो ।

अन्य व्यवसाय भन्दा भैंसीलाई धेरै मेहनत गर्नु पर्ने र आम्दानी कमै हुने खत्रीको भनाइ छ । भैंसी पालनको लागि पकेट मानिएको लहँ, डाडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्ला लगाएतका स्थानमा भैंसीको संख्या घट्दै गएको छ । नयाँ पुस्ताका युवाहरुको विदेश पलाइन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले जाजरकोटमा भैंसी पालन व्यवसाय लोप हुने अबस्थामा पुगेको कृषक जयबहादुर खत्रीको भनाइ छ । भैंसी पालक कृषकका जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सन्चालन नहुदा यो पेशा संकटमा परेको हो ।

पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायीक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशा लोप हुदै गएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाइ छ । भैंसी पालन व्यवसाय लोप हुदा जिल्लामा दुध, दहि तथा घिउको अभाव खट्कीदै गएको छ । पशु चौपायहरुमा विभिन्न रोगको संक्रमण हुदा समेत कृषकले सेवा पाउन नसकेको कृषक रमेश खत्रीले बताउनु भयो । जाजरकोटमा १ हजार कृषक भैंसीपालन व्यवसायमा संलग्न रहेका छन ।

किन बढ्दै भैंसी तस्करी ?

जाजरकोटबाट भैंसी तस्करी हुन थालेको महिनौं बितेको छ । सयौं भैसीको तस्करी भइसकेका छन् । स्थानीय तहले भैसी संरक्षण गर्ने र काटमारका लागि बाहिर लैजान नदिने निर्णय गरे पनि उक्त निर्णयविपरीत तस्करी हुने गरेको बारेकोट ८ का रामचन्द्र शर्माले बताउनु भयो । संरक्षणको निर्णय गर्ने भेरी र नलगाड नगरपालिकाबाटै भैसी बाहिर पठाउने क्रम बढ्दो छ ।

एउटा भैसी २० देखि ३० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । अधिकांश भैंसी मासुका लागि जिल्ला बाहिर जाने गरेका छन् । जिल्लाबाट ५ सय ५० भैंसीको तस्करी भएको स्थानीय लभकुश वलीले बताए । आजभोलि गाउमा भैंसी नै पाउन छाडेका छन । आर्थिक प्रलोभनमा भैंसी बाहिर पठाउने क्रम बढदै गएको छ । नलगाड नगरपालिकाले भैंसी बाहिर लैजान रोकेको नगरप्रमुख टेकबहादुर रावलले वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button