तपाईँ सुन्दै हुनुहुन्छः

आज एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेलतालिका सार्वजनिक

काठमाडौं । इरानमा आयोजना हुन लागेको एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । कात्तिकमा आयोजना हुने छनोटमा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन् । समूह बी मा घरेलु टोली इरान, किर्गिस्तान र तुर्किमिनिस्तान छन् । नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्नेछ । दोस्रो खेल उज्वेकिस्तानसँग खेल्ने नेपालले समूहको अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

समूहका शीर्ष टोली अन्तिम चरणमा पुग्नेछन् । अन्तिम चरणको खेल तुर्किमिनिस्तानमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button