तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकाको कम्युटर चोरी गरेर काठमाडौंमा बिक्री

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाका विभिन्न ११ वटा वडा कार्यालयबाट कम्प्युटर लगायत सामग्री चोरी गर्ने २ जनालाई पहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिकाका कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप लगायतका विद्युतीय सामग्री चोरी गर्ने २ जना पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका ११ घर भई पोखरा–१० कालिकाचोकमा डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका–१२ घर भइ काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन् ।

उनीहरु विगत केही महिनादेखि पोखरामा भएका चोरीका घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button